कमल थापाले आज मोर्चा कस्दै
राजतन्त्र त्यागेकोमा प्रायास्चित गर्दै पुन: पुरानै बाटोमा फर्किएका राप्रपा नेपालका अध्यक्ष कमल थापाले आज बृहत राष्ट्रवादी मोर्चा घोषणा गर्ने भएका छन् ।
आज दिउँसो धुम्बाराहीस्थित नवदुर्गा पार्टी प्यालेसमा व्यवस्था विरोधी मोर्चा घोषणा सभा गर्न लागिएको हो । दिउँसो साढे १ बजेका लागि तय भएको सो सभामा राप्रपा नेपाललो उपत्यकास्तरीय कार्यकर्ताहरु सहभागी हुने जनाइएको छ ।
पूर्वराजा ज्ञानेन्द्र शाहको प्रत्यक्ष संलग्नतामा आफूलाई राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को अध्यक्ष बन्न नदिईएको आरोप लगाउँदै पार्टी छोडेर राप्रपा नेपाल ब्युँताएका कमलले चुनावताका राजतन्त्रको एजेण्डा छोडेका थिए । त्यसबेला एमालेको सूर्य चिन्ह लिएर चुनाव उठेका उनले अब आफू गणतन्त्रवादी भएको सार्वजनिक घोषणा नै गरेका थिए ।
तर, चुनावमा राजावादीहरुले मनग्य भोट पाएपछि मन फेरेका उनी पछिल्लो समय गणतन्त्र उल्ट्याउने भन्दै देशव्यापी आन्दोलनमा होमिएका छन् ।
टिप्पणीहरू