पश्चिम–पूर्वको समृद्धि अभियानमा केपी ओलीद्वारा माछा फ्राइ
एमाले अध्यक्षले बैतडीको झुलाघाटदेखि पाँचथर चिवाभञ्ज्याङसम्म समृद्धि अभियानको नेतृत्व गरिरहनुभएको छ । उहाँ आज १२ औं दिन काभ्रेपलाञ्चोकको धुलिखेलबाट निस्केर दोलखा र रामेछाप पुग्ने कार्यक्रम छ ।
सोही क्रममा बिहान दोलालघाट पुगी माछा तार्नुभएको छ । स्थानीय बजारमा उहाँले उम्लिरहेको तेलमा माछा हालेर फ्राई गर्नुभएको अभियानमा संलग्न एमाले कार्यकर्ताले बताए ।
मंसिर १४ गते झुलाघाटमा राष्ट्रिय झण्डा फहराएर शुरु भएको अभियान झण्डै तीन साताको मध्यपहाडी लोकमार्ग हुँदै पाँचथरको चिवाभञ्ज्याङ पुगेर समापन गर्ने कार्यक्रम छ ।
टिप्पणीहरू