प्रधानमन्त्री सवार सेनाको हेलिकोप्टरमा डेढ दर्जन बढी
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नवलपरासी जानुभएको छ । उहाँ नेपाली सेनाको कल साइन एनए ०५७ रहेको एमअहाई १७ हेलिकोप्टरमा बिहान साढे ९ बजे त्यता जानुभएको हो ।
वहाँ नवलपरासीको रामग्राममा रहेको स्तुपा क्षेत्रको पुनस्थापना, संरक्षण र विकासका लागि दूरदर्शी परियोजनाको शुभारम्भको निम्ति त्यहाँ जानुभएको हो ।
प्रधानमन्त्रीसँगै पूर्वमन्त्री किसान श्रेष्ठ, स्वकीय सचिव तथा छोरी गंगा दाहाललगायत १८ जना रहेको बताइएको छ ।प्रधानमन्त्री दाहाल दिउँसो १ बजे राजधानी फर्कने कार्यक्रम छ ।
टिप्पणीहरू