सरकारबारे सत्ता गठबन्धनलाई उपेन्द्र यादवका ५३ सुझाव

सरकारबारे सत्ता गठबन्धनलाई उपेन्द्र यादवका ५३ सुझाव

सत्तारुढ गठबन्धनकै नेताहरु सरकारको कामबाट सन्तुष्ट नरहेको बेला जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादवले सरकारसमक्ष ५३ बुँदे सुझाव पेश गरेका छन् । 

सरकारका तर्फबाट गर्नुपर्ने सुधारका कामसम्बन्धी सुझाव तयार गर्ने गठबन्धनमा जिम्मेवारी पाएका यादवले ५३ बुँदामा सुझावहरु एकीकृत गरेर प्रस्ताव प्रस्तुत गरेका हुन् । प्रधानमन्त्रीसहितको चारदलीय गठबन्धन बैठकले उनलाई सो जिम्मेवारी सुम्पिएको थियो । 

सरकारले आफ्नो कार्यशैलीमा सुधार गरेर जनतालाई परिवर्तनको प्रत्याभूति दिलाउन शिक्षा, स्वास्थ्य, कृषि, उद्योग, यातायात, संचार लगायतका क्षेत्रमा व्यापक सुधार गरी विकास निर्माणका कार्यलाई गति दिन र मुलुकमा सुशासन कायम गर्दै संविधान संशोधनसहित संघीयताको प्रभावकारी कार्यान्वयन लगायतका सम्बन्धमा सत्ता गठबन्धनको बैठकमा यादवले सुझावसहित ५३ बूँदे प्रस्ताव पेश गरेका हुन् ।

अध्यक्ष यादवले पेश गरेका सुझावसम्बन्धी प्रस्तावमा संघीयता कार्यान्वयन, संविधान संशोधन, सामाजिक न्यायको हक, निर्वाचन क्षेत्र निर्धारण, शिक्षा, स्वास्थ्य, कृषि, उद्योगलगायत विषय समेटिएका छन् ।

टिप्पणीहरू