प्रचण्डसामु माइजूको रुवाबासी,देउवासंग मामा मक्ख

प्रचण्डसामु माइजूको रुवाबासी,देउवासंग मामा मक्ख
सुन्नुहोस्

शिक्षा क्षेत्रको भन्सार भनेर चिनिने प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद (सिटिइभिटी)को सदस्य सचिव नियुक्तिले गर्दा बालुवाटारमा बवण्डर मच्चिएको छ।

सदस्य सचिव तोक्नको लागि गठित छनोट समितिले लामो समय लगाएर तीन जनाको नाम सिफारिस गरेपछि यस्तो भएको छ। मंसिर ८ गते अन्तरवार्ता लिएको समितिले १६ दिनसम्म गुपचुप राखेर २४ गते सिफारिस गरेको हो । सिफारिस गरिएको नाम पनि तीन तीन पटक सच्याइएको छ ।

साउन ४ गते कार्यकाल सकिएका तत्कालिन सदस्य सचिव जीवनारायण काफ्लेले आफ्नो पदावधि लम्ब्याउन सर्बोच्च अदालतमा रिट दायर गरेका थिए । अन्तरिम आदेश लिन सफल भए पनि माग दावी नपुगेपछि रिट खारेज भएको थियो । सिटिइभिटीकै इतिहासमा सबैभन्दा लज्जित कार्यकाल गुजारेका काफ्लेको  रिट खारेजीसङ्गै रिक्त पदमा आठ जनाले आवेदन दिएका थिए । आवेदकका लागि योग्य र सक्षमसमेत बदनियतपूर्वक निकालिएको सूचनाका कारण छुटेका थिए । छनोट समितिको क्रियाकलापमा सुरुवातबाटै कैफियत देखिएको बताइन्छ ।

सदस्य सचिवका आंकाक्षीहरु आफूलाई तीन जनाभित्र पार्न रात दिन लागिपरेका थिए । न लागुन् नै किन ? जागिरे जीवनको सबैभन्दा उच्च ओहोदामा जो पुग्नु थियो ।तीन जनाभित्र पर्नेमा हालका निमित्त सदस्य सचिव महेश भट्टराई, टेकबहादुर मल्ल र विनोद बडाल छन् ।

सदस्य सचिव हुनका लागि कम्मर कसेर लागेका तर तीन जनाभित्र नपरेकाको कम्ता बिजोग छैन । कतिको आङमा घाम नै पर्न छोडेको छ । कोही निन्याउरो परेर बसेका छन् । दौडमा एक नम्बर हुन्छु भनेर कस्सिएका एक जना कमरेड भने पछि परेका छन् । ती कमरेड माओवादीनिकट भुवनेश्वर ढुंगाना हुन् । बालुवाटारकी माइजू अर्थात गंगा दाहालकी माइजू सावित्री अधिकारीको उनीप्रति सहानुभूति थियो ।

पापीहरुको कहिल्यै भलो नहोस् भन्दै प्रधानमन्त्रीका स्वकीय सचिव रमेश मल्ल,बागमती प्रदेशका पूर्वमन्त्री रत्न ढकाल,सिटिइभिटीका निर्देशक रामहरि देवकोटा,रोहित दाहाल,बिजेश बस्नेतलाई गाली गर्ने   गरेको स्रोतले बताएको छ । ढुंगानालाई छेक्न पूर्वमन्त्री गिरिराजमणी पोखरेलदेखि प्रधानमन्त्रीका सल्लाहकार देवेन्द्र पराजुलीसम्म लागेको बताइन्छ ।  उता प्रधानमन्त्रीका स्वकीय सचिव रमेश मल्ल र रत्न ढकाल प्रमोदभक्त आचार्यलाई बनाउन नसकेकोमा चिन्तित देखिन्छन् । प्रमोदभक्तलाई बनाउन राष्ट्रपतिदेखि रविको पार्टीका मान्छेसम्म लागेका थिए ।

प्रमोदका लागि सिटिइभिटीका रमेश बखतीले राम्रै बन्दोबस्तो मिलाएको बताइन्छ ।  यसमा रामहरि लामिछाने र पुष्परमण वाग्लेले भरथेग गरेको बताइन्छ । जिल्लावासी किसान श्रेष्ठमार्फत माधवकुमार नेपालकहाँ पुगेका उनी तीनभित्र अटाएनन् । माधव नेपालको कोटाबाट योजना आयोगको सदस्य र छनोट समितिको सँयोजक रहेका रमेशचन्द्र पौडेलले पनि केही गर्न सकेनन् ।

सदस्य सचिवको नियुक्तिलाई लिएर यस्तो ठिहिर्याउने जाडोमा बालुवाटार र धुम्बाराहीको गर्मी ह्वात्तै बढेको छ।  त्यही भएर बेकारमा के टाउको दुखाउनु भनेर बराल नि चुपचाप छन ।बडाललाई छोड्ने हो भने महेश भट्टराई र टेकबहादुर मल्लको वीचमा प्रतिस्पर्धा हुने देखिन्छ। यी दुबै नेपाली कांग्रेस निकट छन् । महेश शेखर कोइराला निकट हुन् भने मल्ल देउवा निकट छन् । महेश शेखरका नातेदार हुन् भने मल्ल देउवाका भतिज प्रकाश देउवाका साख्खै मामा हुन् ।

महेश सदस्य सचिवका लागि दौडेको यो तेस्रो पटक हो । भाकल गर्न र कबोल गर्न पछि नपर्ने उनले सम्बन्धन स्वीकृति दिनेदेखि,सरुवा बढुवा शुल्क वृद्धिसम्म गर्न सुपा देउरालीको कसम खाइ रहेको र स्तर निर्धारण महाशाखाका निर्देशक टैलेन्द्र आचार्य सङ्ग दिपेन्द्र मज्गैयालाई उप निर्देशक बनाएर फाइदा लिएको चर्चा छ।

निमित्त हुँदै ११ वटा प्रतिष्ठान, ४ वटा आंगिक र ४० वटा प्राइभेट गरेर ५५ वटालाई सम्बन्धन दिई बाहिर फेर कांग्रेस निकट कर्मचारी संघका अध्यक्ष तथा उनै भट्टराईका जिल्ला बासी दिपक टण्डनले सेटिङ मिलाउने गरेको आरोप छ  । 

टिप्पणीहरू