'काँग्रेस सरकारमा हुँदा कुशासन किन' भन्दै उसकै कार्यकर्ता सडकमा

'काँग्रेस सरकारमा हुँदा कुशासन किन' भन्दै उसकै कार्यकर्ता सडकमा
सुन्नुहोस्

सत्तारुढ नेपाली कांग्रेसको भातृ संस्था नेविसंघ एनसिएल खरिद बिक्री प्रकरण भएको भनिएको अनियमितताविरुद्ध सडकमा ओर्लिएको छ ।

भ्रष्टाचार तथा अनियमितताका विरुद्ध सरकार र सरोकारवालाहरुलाई खबरदारी गर्न नेविसंघले आज काठमाडौँमा विरोध जुलुस निकालेको हो । संगठनका केन्द्रीय सदस्य जय बरालको नेतृत्वमा निस्किएको जुलुसमा मनोज पुरी,पद्मकन्या क्याम्पसका स्ववियु सचिव भुपीश्वेरी ऐर, सदस्य पूर्णिमा परियारलगायत ५०/६० जनाको संख्यामा सहभागी छन् । 

अनुहारमा सेतो मास्कहरु लगाई,पार्टीको झण्डा बोकेका नेविसंघका कार्यकर्ताहरुले 'कांग्रेस सरकारमा रहँदा कुशासन किन ?', 'भ्रस्टाचार, कुशासन र अनियमितता कहिलेसम्म ?', करप्सन इज डेमोक्रेसी ? पार्डन मि प्लिज', 'करप्ट लेट अस डिसरप्ट', 'इनफ इज इनफ # एनसिएल', 'माफ गर्नुहोला तपाईंले तिर्नु भएको कर पर्याप्त छैन', 'भ्रस्टाचारले नागरिकलाई च्वास्सै च्वास्सै', 'ट्रान्सपरेन्सी इज मैथ, करप्सन इज रियल', लेखिएका प्लेकार्ड देखाएका छन् । 

पद्मकन्या क्याम्पसबाट निस्केको र्याली रणदिप पुल,भद्रकाली,सुन्धारा हुँदै शान्तिवाटीका पुगेर कोणसभामा परिणत भएको छ ।

टिप्पणीहरू