प्रभुको पार्टीले विदेशी नागरिकता लिएकाको सम्पत्ति कब्जा गर्ने
प्रभु साह नेतृत्वको आम जनता पार्टीले विदेशी नागरिकता लिएकाहरुको सम्पत्ति कब्जा गर्ने बताएको छ । सो पार्टीको लिम्बुवान किराँत र ताम्सालिङ नेवाः प्रदेश समितिको छुट्टाछुट्टै बैठकले यस्तो निर्णय गरेक जनाइएको छ ।
सोमबार बसेको ताम्सालिङ नेवाः र अस्ति बसेको किरात लिम्बुवान समितिको बैठकको निर्णय कार्यन्वयन गर्न मातहतका कमिटीलाई गरिएको परिपत्रमा लेखिएको छ, ‘विदेशी नागरिकता लिएका भगौडा दलालहरुको सम्पत्ति कब्जाको कार्यक्रम अघि बढाउने ।’
त्यस्तै, दुबै बैठकले बैंक तथा वित्तीय संस्थाविरुद्ध संघर्ष गर्ने निर्णयसमेत गरेको छ । पुस १४ गते आइटी आर्मीको राष्ट्रिय भेला तथा प्रशिक्षण कार्यक्रम सफल पार्ने भनिएको छ ।
माओवादी पृष्ठभूमिका नेता प्रभु साहले हालै आम जनता पार्टी गठन गरेका हुन् । तत्कालीन नेकपाको विभाजनपछि केपी ओलीतिर लागेका उनी गत वर्षको चुनावमा एमालेको टिकट त्यागेर सत्तारुढ गठबन्धनको समर्थनमा स्वतन्त्र सांसद निर्वाचित भएका थिए ।
टिप्पणीहरू