यस्ता छन् पछिल्लो क्याविनेट बैठकका १६ निर्णय
सरकारले पूर्व-पश्चिम विद्युतीय रेलमार्गको निजगढ-बर्दिवास खण्डमा पर्ने घर/टहरा तथा जग्गाको मुआब्जा वितरण गर्ने निर्णय गरेको छ ।
गत बिहीबार बसेको क्याविनेट बैठकले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयलाई प्रभावितहरुलाई मुआब्जा तथा क्षतिपूर्ति उपलब्ध गराउन स्वीकृति दिने निर्णय गरेको हो ।
क्याविनेटले विद्युत् खपत वृद्धि तथा खनिज इन्धन न्यूनीकरण सम्बन्धी कार्ययोजना, २०८० स्वीकृत गर्ने निर्णय पनि गरेको छ । त्यस्तै, नदी तथा जल उत्पन्न विपद राष्ट्रिय नीति, वन्यजन्तु वासस्थान व्यवस्थापन कार्यविधि २०८०, हातहतियार खरखजना नियमावली (बाह्रौँ संशोधन) २०८०, राष्ट्रिय बृहत जलाधार व्यवस्थापन रणनीति पनि क्याविनेटबाट स्वीकृत भएको छ ।
क्याविनेट बैठकले नेपाली सेनाका उपरथी अशोकराज सिग्देललाई रथी र सहायक रथी सन्तोष वल्लभ पौडेललाई उपरथीमा बढुवा गर्ने पनि निर्णय गरेको छ ।
टिप्पणीहरू