एकीकृत समाजवादीले राष्ट्रिय सभा निर्वाचनमा उम्मेदवारको मापदण्ड तोक्ने
सत्तारुढ नेकपा एकीकृत माजवादीको सचिवालय बैठक डाकिएको छ । बैठक बिहान ११ बजे केन्द्रीय कार्यालय आलोकनगरमा बस्न लागेको जानकारी दिइएको छ ।
आज र भोलि बस्ने बैठकमा राष्ट्रिय सभा निर्वाचनमा पार्टीका तर्फबाट हुने उम्मेदवारको मापदण्ड तय गर्ने बताइएको छ । त्यसैगरी पार्टीको पछिल्लो सांगठनिक अवस्था, जनवर्गीय संगठनको कार्यप्रगतिको समीक्षा पनि गरिने छ ।
बैठकमा जनजीविका र समसामयिक राजनीतिक विषयमा छलफल हुने बताइएको छ ।
टिप्पणीहरू