माननीयको हुलै चीनतिर
भोलिदेखि पुस १४ गतेसम्म आयोजित सेमिनारमा भाग लिन संसदीय प्रतिनिधिमण्डल चीन गएको छ । राजधानी बेइजिङमा आयोजित सेमिनारमा सहभागी हुन जम्बो टोली हिजो त्यता प्रस्थान गरेको हो । एअर चाइनाको उडान नम्बर सीए ४३८ मा मध्यान्ह साढे १२ बजे टोली सिचुआन प्रान्तको राजधानी छन्तु हुँदै बेइजिङ पुगेको छ ।
टोलीमा विभिन्न दलका १७ जना सांसद र तीन जना कर्मचारी गरी २० जना रहेका छन् । नेकपा माओवादी संसदीय दलका नेता हितराज पाण्डेको नेतृत्वमा माननीयहरुमा निर्मला कोइराला,रामनाथ अधिकारी,ऐनबहादुर शाही,अमिशा नेपाली, मेटमणि चौधरी,सरस्वती बजिमय छन् ।
त्यस्तै,कुसुमदेवी थापा, युवराज थापा,दामोदर पाण्डे वैरागी,मानविर राई,प्रकाश अधिकारी, नारायण शर्मा,रुक्मणी राना बराईली,सन्तोष परियार पनि टोलीमा छन् । राष्ट्रिय सभा सदस्यहरुमा भगवती न्यौपाने र जगप्रसाद शर्मा रहेका छन् । यता, कर्मचारीतर्फ संघीय संसद्का सचिव सुदर्शन खड्का,सभामुखका प्रेस सल्लाहकार शेखर अधिकारी र जीवनकुमार निरौला रहेका छन् ।
टिप्पणीहरू