एनसेल खरिदबिक्रीमा प्रधानमन्त्रीद्वारा गडबडीको आशंका
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले एनसेलको शेयर खरिद बिक्रीमा गडबडीको आशंका गर्नुभएको छ ।
यस सम्बन्धमा उठेका प्रश्नको जवाफ दिन आज संसद्को राज्य व्यवस्था तथा सुशासन समितिमा पुग्नुभएका उहाँले एनसेलको शेयर खरिद बिक्री स्वाभाविक नभएको बताउनुभएको हो । प्रधानमन्त्रीले यस घटनालाई सरकारले गम्भीरताका साथ लिएको र तत्कालै छानविन प्रक्रिया अघि बढाएको पनि प्रष्ट पार्नुभएको छ ।
आफू दुबईमा भएका बेला सञ्चार माध्यमबाट एनसेल खरिद बिक्रिबारे थाहा पाएको जनाउँदै प्रधानमन्त्री प्रचण्डले भोलिपल्टै नेपाल फर्केर छानविनका लागि मुख्यसचिव लगायत सरोकारवाला निकायहरुलाई छानविन गर निर्देशन दिएको उल्लेख गर्नुभयो ।
टिप्पणीहरू