एक दर्जनको संख्यामा भेला भएका राप्रपा कार्यकर्ताको सामाखुसीमा र्याली

एक दर्जनको संख्यामा भेला भएका राप्रपा कार्यकर्ताको सामाखुसीमा र्याली

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीको राजीनामा माग्दै राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का युवाहरुले काठमाडौँमा प्रदर्शन गरेका छन् । 

आज साँझ करिब एक दर्जनको संख्यामा भेला भएका राप्रपाका युवाहरुले सामाखुसीदेखि गोङ्गबुसम्म र्यालीसहित विरोध प्रदर्शन गरेका हुन् । सो दल निकट युवक संगठनका पूर्वअध्यक्ष फणिराज लोहनी (राजु) को नेतृत्वमा निस्किएको र्यालीका सहभागीहरुले राजनीतिक व्यवस्था र मन्त्री किरातीविरुद्ध चर्को नाराबाजी गरे । 

उनीहरुले 'हिन्दु राज्य कायम गर', 'नालायक मन्त्री राजीनामा दे', 'गणतन्त्र खारेज गर', जस्ता नारा लगाएका थिए । र्याली सामाखुसीबाट सुरु भई गोङ्गबु चोकमा पुगेर सकिएको थियो ।

टिप्पणीहरू