बिदेशी षडयन्त्रवारे ओली पूरै मौन

बिदेशी षडयन्त्रवारे ओली पूरै मौन

एमालेले मंसिर १४ गतेदेखि थालेको महाकाली–मेची समृद्धि अभियान २०८० पुस १ गते सकिएको छ । बैतडीको झुलाघाटबाट शुरु भएको उक्त अभियान पाँचथरको चिवा भञ्ज्याङमा पुगेर टुङ्गिएको थियो । 

अध्यक्ष केपी शर्मा ओली अभियानको प्रारम्भदेखि अन्तसम्म सहभागी हुनुभयो । केन्द्रीय पदाधिकारीहरु पनि दुई साताभन्दा लामो मध्यपहाडी लोकमार्ग केन्द्रित अभियानमा सामेल थिए । 

सोही अभियानबारे हालै बसेको पदाधिकारी बैठकमा समीक्षा गरिएको छ । बैठकमा अध्यक्ष ओलीले सबै राम्रो भएको उल्लेख गर्दै अभियानबारे ब्रिफिङ गर्नुभएको एक जना सचिवले बताए । अध्यक्षको भनाई उद्धृत गर्दै भने,‘सबै जना खटे । राजा आऊ देश बचाऊ भन्नेलाई राम्रै जवाफ दियो । जनमत छैन भन्नेले पनि मज्जैको प्रतिक्रिया पाए ।’

धनकुटाको मुक्का काण्डबारे केही नकोट्याए पनि देशी विदेशी षडयन्त्रवारेसमेत नबोलेको बताइन्छ । तर शहर बजारमा राजा आऊ भन्नेलाई राम्रो जवाफ दिँदै एमाले राष्ट्रिय शक्ति भएको र राष्ट्रिय राजनीतिमा वैकल्पिक शक्तिको रुपमा स्थापित भएको निश्कर्ष सुनाउनुभयो ।

उहाँले नक्कली शरणार्थी प्रकरणमा मुछिएका सचिव टोपबहादुुर रायमाझी र बालकृष्ण खाँणवारे केही उच्चारण  नगर्नुभएको स्रोतको दाबी छ ।

टिप्पणीहरू