राष्ट्रपति पूर्व,बालकृष्ण खाँण र ल्यारक्यालको यात्रा अपूर्व

राष्ट्रपति पूर्व,बालकृष्ण खाँण र ल्यारक्यालको यात्रा अपूर्व

राष्ट्रपति रामचन्द्र पौडेल विराटनगरबाट फर्कनुभएको छ । उहाँ सेनाको स्काइ ट्रक एनए ०६४ मा बिहान त्यता जानुभएको थियो ।

विराटनगरको सिटी प्यालेस एण्ड रिसोर्टमा आयोजित उद्योग व्यवसायी तथा स्वतन्त्रता सम्मान र भेटघाट कार्यक्रममा सहभागी हुन जानुभएका उहाँसँगै पूर्व प्रधानमन्त्री सूर्यबहादुर थापाका छोरा तथा राजनीतिक सल्लाहकार सुनिलकुमार थापालगायत सचिवालयका कर्मचारीहरु पनि राजधानी फर्केका छन् ।

प्रमुख स्वकीय सचिव अवज्ञा पौडेल,सचिव डिल्लीराम शर्मा, अङ्गररक्षक सहायक रथी मदनकुमार के.सी.,परराष्ट्रविज्ञ डा. सुरेशचन्द्र चालिसे, महासेनानी अच्युतम भण्डारी,सेनानी हरिबहादुर श्रेष्ठ र  राजकुमार श्रेष्ठ पनि विराटनगरबाट फर्कने टोलीमा छन् ।

त्यसैगरी प्रेस सल्लाहकार किरण पोख्रेल,निजी चिकित्सक डा.निरज बम र  फोटोग्राफर अनिश रेग्मीलाई समेत सेनाको स्काई ट्रकमा लगिएको थियो । 

भुटानी शरणार्थी काण्डमा जेलबाट भर्खर धरौटीमा छुटेका पूर्व गृहमन्त्री तथा नेपाली काँग्रेसका नेता बालकृष्ण खाँण भैरहवाबाट फर्केका छन् । उच्च अदालत पाटनका न्यायाधीश कृष्णराम कोइरालाको आदेशपछि धरौटीमा छुटेका उनी लगत्तै गृहनगर गएर आज बिहान बुद्ध एअरको उडानमा फर्केका हुन् ।
सोही उडानमा लुम्बिनी विकास कोषका उपाध्यक्ष ल्यारक्याल लामा पनि थिए ।

 

टिप्पणीहरू