काँग्रेस सभापतिद्वारा वीपीको शालिकमा माल्यार्पण
नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा वीपी स्मृति भवनको उद्घाटन गर्न तनहुँ पुग्नुभएको छ ।
त्यसअघि उहाँले तनहुँको व्यास नगरपालिका–३ मा रहेको वीपीको शालिकमा माल्यार्पण गर्नुभएको छ । वीपीले २०३६ असोज ६ गते स्थानीय बेलचौतारीमा भाषण गर्नुभएको थियो ।
सभापति देउवा प्रभु हेलिकोप्टरमा आजै काठमाडौंबाट तनहुँ जानुभएको हो । उहाँसँगै कानुन, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङसहित पाँच जनाको टोली त्यता गएको बताइएको छ । सभापतिको टोलीमा सांसद शंकर भण्डारी, भानु देउवा र हिमाल भण्डारी छन् ।
टिप्पणीहरू