राष्ट्रपतिको गृहजिल्लामा काँग्रेस सभापतिको प्रष्टिकरण : पार्टी ठूलो बनाउन गठबन्धन गर्नुपर्यो

राष्ट्रपतिको गृहजिल्लामा काँग्रेस सभापतिको प्रष्टिकरण : पार्टी ठूलो बनाउन गठबन्धन गर्नुपर्यो

पूर्वप्रधानमन्त्री तथा नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले चुनावमा गठबन्धन गर्नुको विकल्प नरहेको बताउनुभएको छ । 

महामन्त्री गगन थापालगायत पार्टीका कतिपय नेताहरुले आगामी महासमिति बैठकबाट एक्लै चुनाव लड्ने नीति पारित गरेर जानुपर्ने आवाज उठाइरहेका बेला देउवाले उक्त धारणा राख्नुभएको हो ।  आज राष्ट्रपति रामचन्द्र पौडेलको गृहजिल्ला तनहुँ पुग्नुभएका उहाँले अहिलेको संवैधानिक व्यवस्थाका कारण एउटै पार्टीको स्पष्ट बहुमत आउने अवस्था नरहेकाले गठबन्धन गरेर जानुपरेको दाबी गर्नुभयो ।

देउवाले भन्नुभयो, ‘संविधान समावेशी छ । संविधानका कारण एउटै पार्टीको बहुमत आउँदैन । गठबन्धन गरेर जाँदा काँग्रेस ठूलो शक्तिका रुपमा निर्माण गर्न सकिन्छ ।’ 

उहाँले संघीय लोकतान्त्रिक गणतन्त्रलाई सुदृढ बनाउनुपर्नेमा पनि जोड दिनुभएको छ । देउवाले अहिलेको व्यवस्थाको विकल्प नभएको उल्लेख गर्दै संघीय लोकतान्त्रिक गणतन्त्रलाई सुदृढ बनाउन सबै दलबीच सहमति र सहकार्यको आवश्यकता औंल्याउनुभयो ।
 

टिप्पणीहरू