प्रधानमन्त्रीको सम्बोधन दुई घण्टा ढिलो
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले भोलि अपराह्न ३ बजे गर्ने राष्ट्रका नाममा सम्बोधन दुई घण्टा पछाडि सरेको छ । प्रधानमन्त्रीमा नियुक्त भएको एकवर्ष पुगेका अवसरमा उहाँले भोलि सम्बोधन गर्न लाग्नुभएको हो ।
प्रधानमन्त्रीले सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रीपरिषद् कार्यालयबाट राष्ट्रका नाममा सम्बोधन गर्न लाग्नुभएको हो । उहाँ गत वर्ष पुस १० गते प्रधानमन्त्रीमा नियुक्त हुनुभएको थियो ।
भोलि साँझ ५ बजे गर्ने सम्बोधनमा सरकारले एक वर्षका अवधिमा गरेका प्रयासबारे जानकारी दिन लाग्नुभएको बताइएको छ ।
टिप्पणीहरू