जनमत पार्टीको निजामती कर्मचारी र कानुन व्यवसायी संगठन गठन हुँदै
सिके राउत नेतृत्वको जनमत पार्टीले निजामती कर्मचारी र कानुन व्यवसायी संगठन गठन गर्ने भएको छ । त्यसका लागि पार्टीले भेला बोलाएको जानकारी दिएको छ ।
पर्सि बिहान १० बजेदेखि कानुन व्यवसायी संगठनका लागि भेला राखिएको छ । उक्त भेलाले संगठन गठनबारे छलफल एवम् निर्णय लिनेछ ।
त्यस्तै, कर्मचारी संगठन गठन शुक्रबार हुनेछ । त्यसका लागि बिहान ११ बजेदेखि बानेश्वरस्थित पार्टी कार्यालयमा भेला हुने जनाइएको छ ।
टिप्पणीहरू