स्वास्थ्य बीमाको दायरा बढाउने प्रधानमन्त्रीको घोषणा
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले स्वास्थ्य बीमाको दायरा विस्तार गर्ने घोषणा गर्नुभएको छ ।
सरकार एक वर्ष पूरा भएको अवसरमा आज देशबासीका नाममा सम्बोधन गर्दै प्रधानमन्त्रीले बीमा कार्यक्रमको प्रभावकारिता विस्तार गर्ने सरकारको तयारीबारे जानकारी गराउनुभएको हो ।
प्रधानमन्त्रीले भन्नुभयो, ‘२०७४ सालमा म प्रधानमन्त्री हुँदा राष्ट्रिय स्वास्थ्य बीमा ऐन ल्याइएको हो, तर बीमा कार्यक्रम त्यसको भावना र व्यवस्थाअनुसार अघि बढेन । अब यसलाई सुधार्दै मेरै कार्यकालमा बनेको ऐन बमोजिम नागरिकको स्वास्थ्यमा पहुँचको संवैधानिक हकको ग्यारेन्टी गर्ने काम उच्च प्राथमिकतामा हुनेछ ।’
स्वास्थ्य बीमा ऐनबमोजिम बीमा कार्यक्रमलाई प्रभावकारी बनाउन नीतिगत तथा प्रक्रियागत सुधार आवश्यक रहेको औल्याउँदै प्रधानमन्त्री प्रचण्डले त्यसतर्फ सरकारले काम गरिरहेको उल्लेख गर्नुभयो । आधारभूतबाहेक हाल सञ्चालित सबै निःशुल्क कार्यक्रमहरूलाई समेत एकीकृत रूपमा स्वास्थ्य बीमामा आवद्ध गर्ने प्रधानमन्त्रीको भनाई छ ।
टिप्पणीहरू