सेनाका तीन वटा जहाज तीनतिर उड्दै
राष्ट्रपति रामचन्द्र पौडेल बागलुङ जान लाग्नुभएकोे छ । बागलुङ उद्योग वाणिज्य संघको आयोजनामा हुन लागेको ‘सातौं बागलुङ महोत्सव–२०८०’ को उद्घाटनका लागि उहाँ बिहान काठमाडौंबाट साढे ८ बजे त्यता जान लाग्नुभएको हो ।
सेनाको एमआई हेलिकोप्टर एनए ०५७ मा जान लाग्नुभएका राष्ट्रपतिले कालिका मन्दिरको दर्शन र शालिकग्राम संग्रहालयको अवलोकन पनि गर्नुहुने छ । उहाँ साँझ राजधानी फर्कने कार्यक्रम छ ।
आजै बिहान ११ बजे प्रधानमन्त्री सेनाको अर्को हेलिकोप्टरमा गोर्खा जान लाग्नुभएको छ । उहाँ बालुुवाटारबाट गोरखाको बारपाक, सुलिकोट र घ्यालचोक जान लाग्नुभएको हो ।
उहाँ सेनाको हेलिकोप्टर एनए ०५४ एएलएचमा त्यता जाने बुझिएको छ ।
सेनाको स्काई ट्रकलाई काठमाडौंदेखि जनकपुर हुँदै झापाको चन्द्रगढी पुर्याएर पुनः काठमाडौं ल्याएने बताइएको छ । विमानको क्षमतावृद्धि उडान बिहान ९ बजेबाट हुने छ ।
टिप्पणीहरू