राष्ट्रिय सभा चुनावका लागि निर्वाचन अधिकृत तोकिए
आगामी माघ ११ गते हुन गइरहेको राष्ट्रियसभा सदस्य निर्वाचनका लागि सातै प्रदेशमा निर्वाचन अधिकृत तोकिएका छन् ।
निर्वाचन आयोगले आज निर्वाचन अधिकृतहरु नियुक्त गरेर नाम सार्वजनिक गरेको हो । जसअनुसार कोशीमा दुर्गाप्रसाद ढुंगेल, मधेसमा नारायणप्रसाद सुवेदी, बागमतीमा महेन्द्रबहादुर कार्की, गण्डकीमा केशवप्रसाद बास्तोला, लुम्बिनीमा कृपासुर कार्की, कर्णालीमा विष्णुप्रसाद अर्याल र सुदूरपश्चिममा ओमप्रसाद अर्याल नियुक्त भएका छन् ।
राष्ट्रिय सभा सदस्य निर्वाचन ऐन, २०७५ को दफा ७ बमोजिम ७ जना जिल्ला न्यायाधीशहरूलाई पुस १६ गतेदेखि लागू हुनेगरी निर्वाचन अधिकृत पदमा नियुक्ति गरेको आयोगले जनाएको छ ।
टिप्पणीहरू