मोदीको रुस भ्रमणको तयारी, बिरलै हुने राष्ट्रपतिसँगको भेटमा भारतीय विदेशमन्त्री

मोदीको रुस भ्रमणको तयारी, बिरलै हुने राष्ट्रपतिसँगको भेटमा भारतीय विदेशमन्त्री

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आगामी वर्ष सन् २०२४ मा रुसको भ्रमण गर्ने तयारी छ । विदेशमन्त्री एस. जयशंकरले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई मस्कोमा भेटेपछि प्रधानमन्त्री मोदीलाई रुस भ्रमणको निम्तो  दिइएको हो ।

विदेशमन्त्री जयशंकरले उपप्रधानमन्त्री तथा उद्योग एवम् व्यापार मन्त्री डेनिस मान्ट्रोभ, समकक्षी सेरगेइ लाभरोभसँग भेट गरेको इतार तास समाचार समितिले जनाएको छ । तर, सामान्यतयाः रुसी राष्ट्रपतिले अन्य मुलुकका विदेशमन्त्रीसँग बिरलै भेट गर्ने गरेकोमा यस पटक भारतीय विदेशमन्त्रीसँग गरेको भेटलाई अनौठो मानिएको छ ।

टिप्पणीहरू