'धोती दिवस' मनाउन सडकमा ओर्लिएकी मन्त्री पक्राउ, अध्यक्ष पनि समातिए

सुन्नुहोस्

'धोती दिवस' मनाउन सडकमा ओर्लिएका डा. सिके राउतसहितको टोलीलाई प्रहरीले गिरफ्तार गरेको छ । 

माइतीघरबाट बानेश्वरतर्फ लाग्ने क्रममा जनमत पार्टीका अध्यक्षसमेत रहेका डा. राउत, सोही पार्टीकी नेतृसमेत रहेकी संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री अनिता साहलगायतका नेताहरु पक्राउ परेका हुन् । माइतीघर मण्डलाको निषेधित क्षेत्रमा जुलुस र प्रदर्शनको तयारी गरेपछि उनीहरुलाई समातेको प्रहरीले जनाएको छ । 

उनीहरुलाई अहिले महेन्द्र पुलिस क्लवमा राखिएको प्रहरीले जानकारी दिएको छ । जनवरी १ तारिकका दिन काठमाडौँलगायत पहाडी क्षेत्रमा 'टोपी दिवस' मनाउने गरिन्छ । राउतको टोली भने आजै 'धोती दिवस' मनाउन भन्दै दलबलसहित सडकमा निस्किएको हो ।

टिप्पणीहरू