बालुवाटारमा अर्धनग्न प्रदर्शन, केही युवा पक्राउ
प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा अर्धनग्न प्रदर्शन गरेका मोहन वैद्य नेतृत्वको क्रान्तिकारी कम्युनिष्ट पार्टीका युवाहरू पक्राउ परेका छन् । बालकुमारी घटना, एमसीसी र एनसेल प्रकरणको विरोधमा अर्धनग्न भएर प्रदर्शन गरेपछि ३० भन्दा बढी युवाहरु पक्राउ परेको बताइएको छ ।
फरक फरक समूह बनाएर उनीहरुले प्रधानमन्त्री निवास बालुवाटारको गेटमा, सिंहदरबारभित्र प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय अगाडि, सर्वोच्च अदालतको मूल गेटमा, संसद भवनको तीन नम्बर र दुई नम्बर गेटमा र पुल्चोकस्थित मन्त्री निवासमा एकै समयमा अर्धनग्न प्रदर्शनको प्रयास गरेका हुन् ।
उनीहरुले नो एमसीसी, भ्रष्टाचारीहरूलाई समात्, गोली होइन रोटी देलगायत नारा लेखिएको पोष्टर शरीरमा टाँसेर प्रदर्शन गरेका थिए । पक्राउ परेकाहरुलाई फरकफरक ठाउँमा राखिएको प्रहरीले जनाएको छ ।
टिप्पणीहरू