सोल्टी होटल नजिकै माओवादी क्रान्तिकारी र प्रहरीबीच झडप

सोल्टी होटल नजिकै माओवादी क्रान्तिकारी र प्रहरीबीच झडप

मोहन वैद्य किरण नेतृत्वको क्रान्तिकारी कम्युनिष्ट पार्टीनिकट युवा र प्रहरीबीच झडप भएको छ । 

बालकुमारी घटनाको सत्यतथ्य छानबिन गर्नुपर्ने र गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई कारबाहीको माग गर्दै निकालिएको र्यालीले उग्र रुप लिएपछि प्रदर्शनकारी र प्रहरीबीच झडप भएको बताइएको छ ।

अखिल क्रान्तिकारी संयोजक मिलन राईको नेतृत्वमा रहेका झण्डै तीन दर्जन प्रदर्शनकारीहरुले ताहाचलस्थित वैदेशिक रोजगार विभागको गेटमा नाराबाजी गरेपछि झडप भएको हो ।

उनीहरुले ‘राज्यद्वारा गिरफ्तार साथीहरुलाइ रिहाइ गर’, ‘गोली हैन, रोटी दे’, ‘दलाल सरकार बहिष्कार गरौं’, ’नागरिकको हत्या गर्न पाईंदैन’, ‘हत्याको आदेश दिनेलाई कारबाही गर’ लगायत नारा लगाउदै प्रदर्शन गरेका हुन् ।

टिप्पणीहरू