मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको निधन, दुईजना घाइते

मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको निधन, दुईजना घाइते

रुकुम पश्चिममा मोटरसाइकलको ठक्करबाट एक पैदलयात्रीको ज्यान गएको छ । चौरजहारी नगरपालिका–१, नारिखरामा मोटरसाइकलको ठक्करबाट पैदलयात्री स्थानीय ४० वर्षीय संगम प्रकाश गिरीको निधन भएको हो । 

गएराति कर्णाली प्रदेश ०२–००१ प ९०७४ नम्बरको मोटरसाइकलको ठक्करबाट गम्भीर घाइते भएका उनको उपचारार्थ नर्सिङ होम नेपालगञ्जमा उपचारको क्रममा मृत्यु भएको बताइएको छ । 

यस्तै, मोटरसाइकलको ठक्करबाट घाइते भएका अन्य दुई जना पैदलयात्रीको सोही अस्पतालमा उपचार भइरहेको छ । प्रहरीले चालकलाई नियन्त्रणमा लिएर घटनाबारे थप अनुसन्धान गरिरहेको जनाएको छ ।

टिप्पणीहरू