भारतीय विदेश मन्त्रालयका प्रवक्ता फेरिए

भारतीय विदेश मन्त्रालयका प्रवक्ता फेरिए

भारतीय विदेश मन्त्रालयको प्रवक्ताको जिम्मेवारी रणधीर जैसवाललाई दिइएको छ । अस्तिसम्म प्रवक्ता रहेका अरिन्दम बाग्चीलाई हिजोदेखि जेनेभास्थित राष्ट्रसंघीय नियोगमा स्थायी प्रतिनिधि तोकिएको छ ।

सन् १९९५ देखि विदेश मन्त्रालयको सेवामा प्रवेश गरेका बाग्चीलाई सन् २०२१ को मार्चदेखि प्रवक्ता बनाइएको थियो । नयाँ प्रवक्ता बनेका रणधीर सन् १९९८ देखि वैदेशिक सेवामा प्रवेश गरेका हुन् ।

यसअघि उनले न्युयोर्कस्थित भारतीय कन्सुलेट जनरलमा काम गरेका थिए । त्यहाँबाट गत नोभेम्बरमा मात्र नयाँ दिल्ली फर्केका हुन् । त्यसअघि पोर्चुगल, क्युबा र दक्षिण अफ्रिकास्थित भारतीय नियोगमा समेत काम गरिसकेका छन् ।

टिप्पणीहरू