प्रधानमन्त्रीका राजनीतिक सल्लाहकारको राजीनामा स्वीकृत
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डका प्रमुख राजनीतिक सल्लाहकार हरिबोल गजुरेलको राजीनामा स्वीकृत भएको छ ।
प्रधानमन्त्रीले सल्लाहकार गजुरेलको राजीनामा स्वीकृत गर्नुभएको उहाँको सचिवालयले जनाएको छ । नेकपा माओवादी केन्द्रका उपमहासचिवसमेत रहनुभएका गजुरेलले गत मंसिर २० गते राजीनामा दिनुभएको थियो ।
उहाँ अघिल्लो वर्ष माघ ९ गते प्रधानमन्त्रीको प्रमुख राजनीतिक सल्लाहकारमा नियुक्त हुनु भएको थियो ।
टिप्पणीहरू