प्रचण्ड सरकारको राजीनामा माग्दै ने.वि. संघ सडकमा

प्रचण्ड सरकारको  राजीनामा माग्दै ने.वि. संघ सडकमा
सुन्नुहोस्

नेपाली काँग्रेसको भ्रातृ संगठन नेपाल विद्यार्थी संघ सरकारविरुद्ध आन्दोलनमा उत्रेको छ । प्रचण्ड सरकारको राज्य आतंकविरुद्ध नेवि संघको मार्चापास सिंहदरबारदेखि बालुवाटार थालिएको छ ।

बालकुमारीमा प्रहरीको गोली प्रहारबाट दुई जना युवाको ज्यान गएकोमा संघले चर्को आक्रोश पोखेको छ । उसले युवाको छातीमा गोली होइन, रोजगार दे भन्ने माग अघि सारेको छ ।

प्रचण्ड सरकारले काण्डै काण्डका नाइके र भ्रष्टाचारीलाई संरक्षण गरेको संघले ठहर गर्दै प्रचण्ड सरकारको राजीनामा मागेको हो । आज बिहान साढे ११ बजे सिंहदरबार नजिकैको लोकसेवा आयोग नजिकैबाट बालुवाटारसम्म संघले मार्चपास कार्यक्रम राखेको छ ।

हिजो पनि संघले बालुवाटार नजिकैको भाटभटेनी पिपलबोटमा सरकारलाई खबरदारी गर्दै विरोध प्रदर्शन गरेको थियो । संघका केन्द्रीय सदस्य आदर्श मल्लको नेतृत्वमा भएको प्रदर्शनमा खबरदारी नारा लेखिएका ब्यानर झुण्डाइएको थियो ।

नारामा लेखिएको थियो ‘उपकुलपति खुल्ला प्रतिस्पर्धाबाट नियुक्ति गर’,  ‘विश्वविद्यालयका पदहरु लिलामी नगर’, ‘उपकुलपतिको परिचयमा दलको झण्डा नहोस्’ ।

टिप्पणीहरू