शनिबार पनि चिनियाँ प्रतिनिधिमण्डल व्यस्त, साँझ लैनचौरमा
उपराष्ट्रपति रामसहाय प्रसाद यादवसँग नेपाल भ्रमणमा रहेको चिनियाँ कम्युनिष्ट पार्टीको उच्चस्तरीय प्रतिनिधिमण्डलले भेट गरेको छ । युन्नान प्रान्तीय कमिटीको स्थायी समिति उपसचिव सी युगाङ नेतृत्वको टोलीले यादवसँग उहाँको कार्यालय, लैनचौरमा शिष्टाचार भेट गरेको छ ।
त्यसअघि पाहुना टोली भक्तपुर पुगेको थियो । भक्तपुर दरबार क्षेत्रको अवलोकन भ्रमणको निम्ति चिनियाँहरु त्यहाँ पुगेका हुन् । शि युगाङको नेतृत्वमा आएको चाङ शिजिन, वाङ वेइ, डुआन् शाओरेन, चेन सुयुन र लि सिहाई रहेको पाँच सदस्यीय टोली भक्तपुर गएको हो ।
चिनियाँ उच्चस्तरीय टोलीले त्यसअघि संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्रीसँग भेट गरेको थियो । पर्यटनमन्त्री सुदन किराँतीसँग भेटवार्ताको लागि चिनियाँ पाहुना टोली बिहान साढे १० बजे सिंहदरबारस्थित पर्यटन मन्त्रालय पुगेको हो ।
टिप्पणीहरू