तालिम र बिरुवाको नाम, रकम सबै झ्वाम्

तालिम र बिरुवाको नाम, रकम सबै झ्वाम्

डोटीको बडीकेदार गाउँपालिका–२, स्थित समाज कल्याण जनजागृत वन उपभोक्ता समितिका पदाधिकारी भ्रष्टाचारमा तानिएका छन् । 

समितिका अध्यक्ष पदमबहादुर पुनमगर, सचिव तारादेवी साउद र कोषाध्यक्ष दिलबहादुर साउदउपर अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा चलाएको हो । 

उनीहरुको मिलेमतोमा सिलाई कटाई तालिम र वनक्षेत्रमा वृक्षारोपणका लागि विभिन्न जातका बिरुवा खरिदको नाममा तीन लाख एक हजार ९९६ रुपैयाँ भ्रष्टाचार भएको अख्तियारको ठहर छ ।

अख्तियारका अनुसार कुनै तालिम सञ्चालन नगरी र बिरुवा नकिनी उनीहरुको मिलीभगतमा सो रकम हिनामिना भएको पाइएको छ । 

उक्त रकम जफत गरी प्रतिवादीहरुलाई कैद र जरिवाना सजाय हुन मागदाबीसहित अख्तियारले विशेष अदालतमा मुद्दा दर्ता गरेको हो ।

टिप्पणीहरू