राष्ट्रिय सभाको सिट बाँडफाँडबारे बालुवाटारमा छलफल जारी

राष्ट्रिय सभाको सिट बाँडफाँडबारे बालुवाटारमा छलफल जारी
सुन्नुहोस्

राष्ट्रिय सभाको रिक्त हुन लागेको सिट बाँडफाँडबारे सत्तारुढ गठबन्धनमा आवद्ध दलहरुको बैठक बसेको छ । राष्ट्रिय सभाको आगामी निर्वाचनका लागि रिक्त हुने १९ सिटमा बाँडफाड गर्न लागिएको हो ।

उक्त सिटमध्ये एकीकृत समाजवादीलाई दुई सिट दिन खोजेपछि बैठक लम्बिएको हो । हिजो पनि बालुवाटारमा बसेको बैठकमा नेपाली काँग्रेसलाई १०, माओवादी केन्द्रलाई ६ र एकीकृत समाजवादीलाई दुई सिट भागबण्डा गराउने प्रस्ताव आएपछि एकीकृत समाजवादीले असहमति जनाएको बताइन्छ ।

बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, काँग्रेस सभापति शेरबहादुर देउवा, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, रक्षामन्त्री पूर्णबहादुर खड्का, गृहमन्त्री नारायणकाजी श्रेष्ठको उपस्थिति छ । 

त्यसैगरी माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुन र नेपाली काँग्रेसका प्रमुख सचेतक रमेश लेखक पनि बैठकमा रहेको बताइन्छ ।

टिप्पणीहरू