राष्ट्रिय सभा निर्वाचनको मतदाता नामावली प्रकाशित

राष्ट्रिय सभा निर्वाचनको मतदाता नामावली प्रकाशित

निर्वाचन आयोगले राष्ट्रियसभा सदस्य निर्वाचनको निम्ति आज मतदाताहरुको अन्तिम नामावली प्रकाशन गरेको छ । आयोगले आगामी माघ ११ गते हुने राष्ट्रियसभा सदस्य निर्वाचनका लागि मतदाता नामावली प्रकाशन गरेको हो ।

आज सात वटै प्रदेशको निर्वाचन अधिकृतको कार्यालयमा अन्तिम मतदाता नामावली प्रकाशन गरिएको छ । जसअनुसार कोशी प्रदेशमा प्रदेशसभा सदस्यतर्फको मतदाता संख्या ९३, गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख र उपप्रमुखतर्फको मतदाता संख्या २७४ गरी कुल ३६७ कायम भएका छन् । 

यसैगरी मधेसमा प्रदेशसभा सदस्यतर्फको मतदाता संख्या १०७ तथा गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख र उपप्रमुखतर्फको मतदाता संख्या २६७ गरी कुल ३७४ जना मतदाता कायम भएका छन् ।

बागमती प्रदेशमा प्रदेशसभा सदस्यतर्फको मतदाता संख्या ११० तथा गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख र उपप्रमुखतर्फको मतदाता संख्या २३७ गरी जम्मा ३४७ जना मतदाता कायम भएको जनाइएको छ ।

यस्तै गण्डकी प्रदेशमा प्रदेशसभा सदस्यतर्फको मतदाता संख्या ६० तथा गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख र उपप्रमुखतर्फको मतदाता संख्या १७० गरी कुल २३० जना मतदाता रहेको जनाइएको छ ।

लुम्बिनीमा प्रदेशसभा सदस्यतर्फको मतदाता संख्या ८७ तथा गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख र उपप्रमुखतर्फको मतदाता संख्या २१८ गरी कुल ३०५ जना मतदाता कायम भएका छन् ।

त्यसैगरी कर्णाली प्रदेशमा प्रदेशसभा सदस्यतर्फको मतदाता संख्या ४० तथा गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख र उपप्रमुखतर्फको मतदाता संख्या १५६ गरी जम्मा १९६ जना मतदाता कायम भएका छन् । 

सुदूरपश्चिम प्रदेशमा प्रदेशसभा सदस्यतर्फको मतदाता संख्या ५२ तथा गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख र उपप्रमुखतर्फको मतदाता संख्या १७६ गरी २२८ जना मतदाता कायम भएको आज प्रकाशित नामावली सूचीमा उल्लेख छ ।

टिप्पणीहरू