१४ महिनापछि विराट र रोहितको कमब्याक

१४ महिनापछि विराट र रोहितको कमब्याक

अफगानिस्तानविरुद्ध तीन म्याचको 'टी-ट्वान्टी सिरिज'का लागि भारतले राष्ट्रिय टीम घोषणा गरेकोे छ । 

भारतीय क्रिकेट कन्ट्रोल बोर्डले टिम घोषणा गर्दै खेलाडीहरुको नाम सार्वजनिक गरेको हो । रोहित शर्माको कप्तानीमा रहेको टीममा शुभमन गिल, यशस्वी जयसवाल, विराट कोहली, तिलक वार्म, रिंकु सिंह, जितेश शर्मा, सन्जु सेमसन, शिवम दुबे, बासिङगटन सन्दुर, अक्षर पटेल, रवि बिश्रोई, कुलदीप यादव, अर्शदीप सिंह, आवेश खान र मुकेश कुमार रहेका छन् । 

रोहित र विराट झण्डै १४ महिनापछि टिममा फर्किएका हुन् । सन् २०२२ को नोभेम्बर मा इङल्याण्डविरुद्धको खेलपछि दुबै टीम बाहिर थिए । 

अफगानिस्तानविरुद्धको सिरिज लगत्तै भारतले घरेलु मैदानमा इङ्ल्याण्डसँग 'टी ट्वान्टी सिरिज' खेल्नेछ । त्यसपछि इन्डियन प्रिमियर लिगमा खेलाडी ब्यस्त रहनेछन् । लगत्तै टी-२० विश्वकप क्रिकेट शुरु हुनेछ ।

टिप्पणीहरू