घरमै बसेर 'क्यासिनो गेम' खेलाउने तीन युवक समातिए

घरमै बसेर 'क्यासिनो गेम' खेलाउने तीन युवक समातिए

अनलाइन क्यासिनो गेम खेलाएको आरोपमा प्रहरीले तीन जनालाई समातेको छ । 

काठमाडौंको कोटेश्वर बस्ने ताप्लेजुङका २५ वर्षे पुजन साँवा, भक्तपुरको सूर्यविनायक बस्ने सर्लाहीका २१ वर्षे निशानराज कार्की र २५ वर्षे निशान गौतम पक्राउ परेका हुन् । उनीहरुले आर्थिक लाभ लिने उद्धेश्यले अनलाइन खेल खेलाएको प्रहरीले जनाएको छ।  

अनलाइनमार्फत बाजी राख्दा जितिन्छ भन्ने विश्वास दिलाई विभिन्न व्यक्तिहरुलाई सट्टाबाजी कार्यमा लगाएको आरोपमा उनीहरुलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । 

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरी टोलीले उनीहरुको साथबाट अनलाइन क्यासिनो खेलाउन प्रयोग भएका ल्यापट तथा मोबाइलसमेत बरामद गरेको छ । पक्राउ परेका तीनै जनालाई थप अनुसन्धान तथा कारबाहीका निम्ति जिल्ला प्रहरी परिसर टेकु पठाइएको छ ।

टिप्पणीहरू