शीतल निवासमा तीनदलका प्रमुखहरुसँग राष्ट्रपतिको छलफल

शीतल निवासमा तीनदलका प्रमुखहरुसँग राष्ट्रपतिको छलफल
सुन्नुहोस्

राष्ट्रपति रामचन्द्र पौडेलले प्रमुख तीन दलका शीर्ष नेताहरुलाई शीतल निवास बोलाएर छलफल गर्नुभएको छ । 

प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, प्रमुख प्रतिपक्षी दल एमाले अध्यक्ष केपी शर्मा ओली र कांग्रेस सभापति शेरबहादुर देउवासँग राष्ट्रपतिले आज अपराह्न कुराकानी गर्नुभएको हो । मुलुकका जल्दाबल्दा समस्या र त्यसको समाधानबारे राष्ट्रपतिले प्रधानमन्त्रीसहित शीर्ष नेताहरुको ध्यानाकर्षण गराएको बताइएको छ । 

छलफलमा संघीयता कार्यान्वयन, त्रिभुवन विश्वविद्यालयमा उपकुलपति नियुक्ति, पछिल्लो बालकुमारी घटनाका विषयमा पनि गम्भीर कुराकानी भएको थियो ।

टिप्पणीहरू