जनमतद्वारा सरकारलाई दिएको समर्थन फिर्ता

जनमतद्वारा सरकारलाई दिएको समर्थन फिर्ता
सुन्नुहोस्

सिके राउत नेतृत्वको जनमत पार्टीले मधेस सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ । 

सरकारबाट बाहिरिने निर्णय गर्दै सो पार्टीले मुख्यमन्त्री सरोजकुमार यादवलाई दिएको समर्थन फिर्ता लिएको हो । जनमत पार्टीबाट सरकारमा गएका शिक्षा तथा संस्कृति मन्त्री महेशप्रसाद यादव र श्रम तथा यातायातमन्त्री चन्दन सिंहले आजै राजीनामा दिएका छन् ।

पछिल्लो समय सत्तारुढ गठबन्धनसँग असन्तुष्ट रहेको जनमतलाई संघीय सरकारबाट हटाउने तयारी भैरहेको चर्चा छ । सो पार्टीका तर्फबाट अनितादेवी साह सामान्य प्रशासन मन्त्री छिन् ।

 

सत्ता गठबन्धनले सिट नदिएपछि जनमतले मधेश र लुम्बिनीमा राष्ट्रिय सभामा पार्टीका तर्फबाट उम्मेदवारसमेत खडा गरेको छ ।

टिप्पणीहरू