काँग्रेसी नेताहरुको चियापान, एमालेको निश्कर्षमा आचारसंहिता उल्लंघन

काँग्रेसी नेताहरुको चियापान, एमालेको निश्कर्षमा आचारसंहिता उल्लंघन
सुन्नुहोस्

निर्वाचन आचारसंहिता उलंघन गर्दै नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले चियापान कार्यक्रम गरेका छन् ।

कोइरालाले विराटनगरस्थित आफ्नै निवासमा आज बिहान राष्ट्रियसभाका उम्मेदवार कृष्णप्रसाद सिटौलासहित भोलि हुने निर्वाचनका मतदातालाई सहभागी गराएर चियापान आयोजना गरेका हुन् । 

निर्वाचन आयोगले जारी गरेको आचारसंहित अनुसार अस्ति रातिदेखि लागु भएको शून्य समयमा कसैले पनि उम्मेदवार र मतदाता सहभागी गराएर कुनै पनि भेला, भोजभतेर र कार्यक्रम गर्न पाईंदैन । उक्त आचारसंहिता उल्लंघन गरेमा एक लाख रुपैयाँसम्म जरिवान र उम्मेदवारी रद्ध हुनसक्ने कानूनी प्रावधान छ । 

तर कांग्रेसको केन्द्रीय सदस्यसमेत रहेका नेता कोइरालाले भने कानून मिचेर प्रदेशसभा सदस्य र स्थानीय तहका जनप्रतिनिधिलाई बोलाएर चियापान गराएका हुन् । कार्यक्रममा पार्टी नेता तथा सांसदहरुको समेत सहभागिता थियो ।

जसमा महामन्त्री गगन थापासहित अन्य नेताहरु मिनेन्द्र रिजाल, रामहरी खतिवडा, मीनबहादुर विश्वकर्मा, सरिता प्रसाईं पनि पुगेका थिए । चियापान कार्यक्रमको तस्बिर सार्वजनिकलगत्तै एमाले नेताहरुले निर्वाचन आयोगको ध्यानाकर्षण गराएका छन् ।

टिप्पणीहरू