हिउँदे अधिवेशनसँगै सांसदहरुलाई पार्टीकाे प्रशिक्षण
सत्तारुढ दल नेकपा माओवादी केन्द्रले आफ्ना सांसदहरुलाई प्रशिक्षण दिने भएको छ । पार्टीले आगामी वर्षको बजेटका सिद्धान्त र प्राथमिकताबारे संसदमा छलफल गर्नुपूर्व सांसदहरुलाई प्रशिक्षण दिने तयारी थालेको छ ।
आज बसेको पार्टीको संसदीय दलको बैठकले आगामी वर्षको बजेटका सिद्धान्त र प्राथमिकताबारे संसदमा छलफल हुनुअगावै सांसदहरुलाई अन्तरक्रियासहितको प्रशिक्षण दिइने बताइएको छ ।
प्रमुख सचेतक हितराज पाण्डेले फागुन १४ गतेभ अगाडि नै प्रशिक्षण कार्यक्रम सम्पन्न गर्ने निर्णय भएको जानकारी दिएका छन् । बैठकमा पार्टी अध्यक्ष एवम् प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सरकारले अघि बढाएका सुशासन, समृद्धि र सामाजिक न्यायका सम्बन्धमा आवाज उठाउन समेत निर्देशन दिनुभएको उनले बताए ।
यसअघि एमालेले पनि आफ्ना सांसदलाई प्रशिक्षण दिएको थियो । पूर्वमन्त्री युवराज खतिवडालगायतले संसदको हिउँदे अधिवेशनमा सशक्त ढंगले प्रस्तुत हुन उनीहरुलाई बन्द कोठामा प्रशिक्षण दिएका थिए ।
टिप्पणीहरू