केशरबहादुर तोकिए २०७२ को संविधान खारेजी संघर्ष समितिका संयोजक

केशरबहादुर तोकिए २०७२ को संविधान खारेजी संघर्ष समितिका संयोजक

गणतन्त्रको सट्टा राजतन्त्र कायम गर्नुपर्ने माग राख्दै हिँडेको राष्ट्रिय शक्ति नेपालले नेपालको संविधान २०७२ खारेजीका लागि समिति गठन गरेको छ ।

पार्टी अध्यक्ष केशरबहादुर विष्टलाई मुलुकको संविधान २०७२ खारेजी संघर्ष समितिको संयोजक तोकिएको बताइएको छ । 

आज बसेको उक्त दल निकट ३९ दलको भेलाले विष्टलाई संविधान खारेजी समितिको नेतृत्व गर्न आग्रह गरेको जानकारी दिइएको छ । 

भेलामा राष्ट्रिय प्रजातान्त्रिक मोर्चाका नेता किशोरी महतोलगायतको उपस्थिति थियो ।

टिप्पणीहरू