तस्बिरमा हेरौँ माओवादीको केन्द्रीय समिति बैठक
सत्तारुढ नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठक शुरु भएको छ ।
भृकुटीमण्डपस्थित राष्ट्रिय सभागृहमा आज मध्याह्नदेखि शुरु भएको बैठक अहिले जारी छ । विधान सम्मेलनको पूर्वसन्ध्यामा बसेको बैठकमा प्रस्तावित विधानको मस्यौदामाथि केन्द्रीय सदस्यहरुले सुझाव राख्ने छन् ।
बैठकमा अहिले प्रदेश इञ्चार्ज र अध्यक्षहरुले 'जनतासँग माओवादी विशेष रूपान्तरण अभियान'को रिपोर्ट राखिरहेका छन् ।
उपाध्यक्ष पम्फा भुसाल नेतृत्वको कार्यदलले तयार पारेको विधानको मस्यौदा माओवादीले छलफल तथा सुझावका लागि तल्ला कमिटीमा पठाएको थियो । प्राप्त सुझावका आधारमा अस्ति र हिजो बसेको स्थायी समिति बैठकले मस्यौदालाई अन्तिम रुप दिएर थप छलफलका लागि केन्द्रीय समितिमा पेश गरिएको हो ।
बैठकमा केन्द्रीय सदस्यसहित बैकल्पिक केन्द्रीय सदस्य, केन्द्रीय आयोगका सदस्य, विभागका पदाधिकारी, जेष्ठ कम्युनिस्ट मञ्चका सदस्य र प्रदेश कमिटिका पदाधिकारी सहभागी छन् ।
टिप्पणीहरू