प्रसाईंको कार्यक्रममा प्रदर्शनकारीहरु भटाभट आउँदै, सबैभन्दा धेरै बाराका

प्रसाईंको कार्यक्रममा प्रदर्शनकारीहरु भटाभट आउँदै, सबैभन्दा धेरै बाराका

राजतन्त्र पुनस्थापन, मीटरब्याज र लघुवित्त संस्थाको चर्को ब्याजबाट पीडितहरुको पक्षमा आन्दोलन गर्दै आएका दुर्गा प्रसाईले आजदेखि पुनः राजधानी केन्द्रित आन्दोलन गर्न लागेका छन् ।

राष्ट्र, राष्ट्रियता, धर्म संस्कृती र नागरिक बचाउ महाअभियानका संयोजक समेत रहेका प्रसाईं नेतृत्वको आन्दोलनमा सहभागी हुन उपत्यका बाहिरका विभिन्न जिल्लाबाट सवारी साधनमा प्रदर्शनकारीहरु आएको बताइन्छ । 

उक्त अभियानमा सुदूर पश्चिमको कञ्चनपुर र पूर्वको झापादेखि मीटरब्याज पीडितहरु पैदल यात्रा गरेर आएका छन् । उनीहरुमा अधिकांश महिला देखिन्छन् ।

राजधानी बाहिरबाट थानकोट नाका हुँदै आज बिहान ७ बजेसम्म पाँच सयभन्दा बढी प्रदर्शनकारी काठमाडौं आइपुगेको जनाइएको छ । बस रिजर्भ गरेर आएका उनीहरुमध्ये बर्दियाबाट ४५ जना, तनहुँको आँबुखैरेनीबाट केशरमान श्रेष्ठको नेतृत्वमा २५ जना बिहान आइपुगेका हुन् ।

त्यस्तै बाराबाट हनिमा खातुनको नेतृत्वमा ३५ जना, मधेश प्रदेश ०३–००१ ख ८५८४ नम्बरको बसमा प्रमोद कुशहवाको नेतृत्वमा ४० जना र ना. ५ ख २९४७ नम्बरको बसमा रञ्जु चौधरीको नेतृत्वमा ३६ जना आएका छन् ।

बाराको क्षेत्र नम्बर ४ बाट उक्त महाअभियानका संयोजक प्रमोदप्रसाद कुसवाहको नेतृत्वमा ४५ जना, दमौलीबाट दुर्गा नेपालीको नेतृत्वमा १४ जना राजधानी आएका छन् । बाराबाट अर्को एउटा बसमा ३५ जना र बा.प्र ०३–००१ ख २६१२ नम्बरको बसमा हरदेव मुखियाको नेतृत्वमा आएका ४३ जना गौशाला पुगेका छन् । 

त्यस्तै, ना. ५ ख ३०८७ नम्बरको बसमा बाराबाट बृजकिशोर सहनीको नेतृत्वमा ४० जना, ना. ५ ख ३१०३ नम्बरको बसमा बाराबाटै तुल्सीरामको नेतृत्वमा ३६ र ना. ७ ख ११८१ नम्बरको बसमा थप ३९ जना बाराबाट आएकाहरु बिहान राजधानी आइपुगेको जानकारी दिइएको छ ।

टिप्पणीहरू