सरकारी साधनमा मन्त्रीका पिएको संगठन विस्तार सरर

सरकारी साधनमा मन्त्रीका पिएको संगठन विस्तार सरर

गण्डकी प्रदेशको भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्थामन्त्री रेशमबहादुर जुग्जालीका स्वकीय सचिव सुदिन पौडेलले सरकारी साधन दुरुपयोग गरेको पाइएको छ । नेकपा माओवादी केन्द्रनिकट विद्यार्थी संगठन अखिल (क्रान्तिकारी) गण्डकी प्रदेशका अध्यक्ष उनी सरकारी मोटरसाइकल लिएर ‘संगठन विस्तार तथा सुदृढीकरण अभियान’ मा सहभागी हुन गएका छन् । 

पौडेल सो मोटरसाइकल लिएर केही दिनअघि म्याग्दी मालिका गाउँपालिकाको देवीस्थानस्थित श्री भीम माध्यमिक विद्यालय पुगेका छन् । कार्यालयको नियमित प्रयोजनका लागि दिइएको सवारी मनपरी रुपमा प्रयोग गरेपछि चर्को आलोचना भएको छ । सामाजिक सञ्जालमा पनि उनको विरोध भइरहेको छ । 

अर्काेले भनेका छन्,‘यस्तोचाँहि गर्नुभएन है दोस्तहरु । सरकारी नुनपानीको इज्जत राख्दिन परो !’

एक जना सामाजिक सञ्जाल प्रयोगकर्ताले लेखेका छन्,‘अखिल क्रान्तिकारी म्याग्दी संगठन विस्तार अभियान लिएर विभिन्न विद्यालयमा पुगेछ । यस कार्यलाई साथ समर्थन दिएकोमा गण्डकी प्रदेश सरकारलाई धन्यवाद । प्रदेश कार्यालयको बाइक नै लिएर नडुलेको भए हुने सुदिन कमरेड, गण्डकी प्रदेशका भौतिक तथा पूर्वाधारमन्त्री माननीय रेशम जुग्जालीका स्वकीय सचिव सुदिन पौडेल ।’

त्यस्तै,अर्काेले भनेका छन्,‘यस्तोचाँहि गर्नुभएन है दोस्तहरु । सरकारी नुनपानीको इज्जत राख्दिन परो !’ कतिपयले पौडेलको यस कार्यलाई ‘सत्ताको फाइदा’ भन्दै टिप्पणी गरेका छन् । यता, उनले भने आफूमाथि लगाएको आरोप राजनीतिक प्रतिशोध भएको दाबी गरेका छन् । एमालेका विद्यार्थी संगठनले आफ्नो छविमा दाग लगाउन खोजेको उनको भनाइ छ ।

धौलागिरी गाउँपालिकाको बाटो उद्घाटन कार्यक्रममा सहभागी हुँदा विद्यालयमा पनि छिरेको उनको भनाइ छ । ‘माघ २७ गते धौलागिरी गाउँपालिकामा बाटो उद्घाटनको कार्यक्रम थियो । मन्त्रीज्यू पनि सहभागी हुने तय भएको थियो । तर, उहाँ बिरामी हुनुभयो । म उहाँको स्वकीय सचिवसँगै विद्यार्थी संगठनको एउटा जिम्मेवार पदाधिकारी हुँ । मलाई पनि अतिथिको रुपमा बोलाउनुभएको थियो । म आफ्नो बाइक गाउँपालिकामा राखेर विद्यालयमा गएको थिएँ ।’

मालिका र धौलागिरी भिन्नभिन्न गाउँपालिका हुन् । धौलागिरीमा मोटरसाइकल राखेर मालिकासम्म पुगेँ भन्ने उनको भनाइ पत्याउन अलिक गाह्रो छ । उनको मोटरसाइकल विद्यालयको गेटबाहिरै भेटिएको स्रोतको दाबी छ । ‘डेढ–दुई महिनादेखि उहाँहरुको पार्टी विस्तार अभियान चलिरहेको छ । सो क्रममा उहाँ बाइक नै लिएर विद्यालय पुग्नुभएको हो । विद्यालयकै बाहिरबाट उहाँको बाइकको फोटो खिचिएको हो । उहाँले विद्यार्थीहरुसँग उभिएर तस्बिर पनि खिचाउनुभएको छ’, स्रोतले भन्यो ।

टिप्पणीहरू