मन्त्री पोछा मार्ने, कार्यालय सहयोगी हेरिरहने
'लोक रिझ्याई'को राजनीतिमा चालु रहेको आरोप खेपिरहेका सँस्कृति,पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किराँतीले आफ्नो कार्यकक्ष आफैं सफा गरेका छन् । उनले पोछा लगाउँदै गरेको भिडियो सामाजिक सञ्जालमा भाइरल भएको छ ।
भिडियोमा सुट पाइन्टमा ठाँटिएका मन्त्री किराँतीले टेबल पन्छाउँदै भुइँ पुछिरहेको देखिन्छ । सँगै रहेकी एक महिला (सम्भवत: कार्यालय सहयोगी) ले उनलाई सघाइरहेकी छन् ।
सफाईका क्रममा ती महिलासँग उनले 'देशका लागि काम गर्नुपर्छ' भनेका छन् । भिडियोमा किराँतीले जाडोमा बिहानै कार्यालय आउनुपर्दा रिस उठ्छ कि उठ्दैन भनेर सोधेका छन् ।
हिरन राईले आफ्नो फेसबुकमा भिडियो शेयर गर्दै लेखेका छन्, 'सुदन किराँती देख्दा गर्वले आँसु आयो । बिहानै ७:३० बजे मन्त्रालय पस्दा मैले जे देखेँ।'
टिप्पणीहरू