केपी ओलीद्वारा माधव नेपाल र दुर्गा प्रसाईंको एकैचोटी आलोचना

केपी ओलीद्वारा माधव नेपाल र दुर्गा प्रसाईंको एकैचोटी आलोचना

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अहिलेको परिस्थितिमा को सरकारमा हुन्छ,को हुँदैन भन्न सक्ने अवस्था नरहेको बताउनुभएको छ । 

आफू छिट्टै प्रधानमन्त्री हुने दावी गर्दै हिँडेका राजावादी अभियन्ता दुर्गा प्रसाईंतर्फ लक्षित गर्दै उहाँले  संसदमै नभएको व्यक्तिसमेत 'प्रधानमन्त्री हुन्छु' भन्दै हिँडेकाले भन्न सकिने अवस्था नरहेको बताउनुभएको हो । 'यहाँ त संसदमा पनि भएको,पार्टी पनि नभएको, एउटा सिट पनि नभएको मान्छे असार १५ गते प्रधानमन्त्री बन्छु भनेर पनि हिँड्छ’,ओलीले भन्नुभयो ।

'यहाँ त संसदमा पनि भएको,पार्टी पनि नभएको, एउटा सिट पनि नभएको मान्छे असार १५ गते प्रधानमन्त्री बन्छु भनेर पनि हिँड्छ’,

आज पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघको महाधिवेशनमा बोल्दै उहाँले संविधानविपरित प्रधानमन्त्री हुन्छु भन्नु अचम्मलाग्दो कुरा भएको पनि बताउनुभयो । त्यही प्रसंगमा ओलीले एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालमाथि पनि कटाक्ष गर्नुभयो । 

'संविधानमा कुनै त्यस्तो व्यवस्था छैन । कानूनमा व्यवस्था छैन । के सपना देख्छ कुन मान्छेले भन्न सकिँदैन । राष्ट्रिय मान्यता प्राप्त नभएका दलका व्यक्ति प्रधानमन्त्री हुन्छन् भने आफू किन नहुने भन्ने पर्दो हो कि ? त्यस्तै लाग्छ । तर, एमाले त्यस्ताभित्र पर्ने होइन’, ओलीले भन्नुभयो । 

टिप्पणीहरू