आन्दोलनका घाइतेको निधनपछि राप्रपामा आक्रोश, थलीमा 'वारपार' को चेतावनी

आन्दोलनका घाइतेको निधनपछि राप्रपामा आक्रोश, थलीमा 'वारपार' को चेतावनी
सुन्नुहोस्

राजा र हिन्दुराष्ट्र फर्काउन राप्रपाले काठमाडौँमा गरेको आन्दोलनका क्रममा घाइते भएका एक जनाको मृत्यु भएको छ । 

चैत २७ गतेको प्रदर्शनमा प्रहरीको अश्रुग्यास लागेर घाइते भएका राप्रपा बर्दियाको मधुवन नगर कार्यसमितिका अध्यक्ष ठाकुर प्रसाद डॅागीको उपचारका क्रममा निधन भएको हो ।  वीरेन्द्र सैनिक अस्पताल छाउनीमा उपचार गराइरहेका उनको आज बिहान ४ बजे निधन भएको राप्रपाका प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए ।

डॅागीको पार्थिव शरीर अन्तिम श्रद्धाञ्जलीका लागि मध्याह्न १२ बजेदेखि राप्रपा केन्द्रीय कार्यालय चाबहिलमा राखिने र त्यसपछि अन्तिम संस्कारका लागि बर्दिया नै लगिने श्रेष्ठले बताए ।

यता, गृह प्रशासनको लापरवाहीले डाँगीको ज्यान गएको भन्दै राप्रपाका कार्यकर्ता आक्रोशित भएका छन् । आज साँझ काठमाडौँको थली चोकमा 'वाप, पार' को आन्दोलन गर्ने राप्रपाका एक कार्यकर्ताले फेसबुकबाट चेतावनी दिएका छन् । 

मणि सिंखडाले फेसबुकमा लेखेका छन्, 'थाली चोकमा बेलुका चार बजेसम्म सम्पूर्ण राष्ट्रवादी साथीहरु आउनुहोला, वार या पार!'
 

टिप्पणीहरू