सदन सुचारु गराउन दलहरुबीच सहमति हुन्छ : प्रधानमन्त्री

सदन सुचारु गराउन दलहरुबीच सहमति हुन्छ  : प्रधानमन्त्री

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पछिल्लो राजनीतिक गतिरोध अन्त्य हुने र भोलिदेखि सदन नियमित रुपमा सञ्चालन हुने बताउनुभएको छ । पूर्वी चितवनमा आयोजित अगुवा कार्यकर्ता भेटघाट तथा प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले राजनीतिक दलहरूबीच अनौपचारिक एवम् औपचारिकरूपमा छलफल भइरहेकाले छिट्टै निष्कर्षमा पुगिने उल्लेख गर्नुभयो ।

उहाँले सरकारको समीकरणका विषयमा जानकारी दिँदै पछिल्लो गठबन्धन संसदको पूरै कार्यकालसम्म रहने बताउनुभयो । आगामी बजेटबारे प्रधानमन्त्रीले भन्नुभयो, ‘उत्पीडित, गरिब, विपन्न, विकट क्षेत्रलाई प्राथमिकतामा राखेर नयाँ बजेट ल्याउने तयारी सरकारको छ ।’

टिप्पणीहरू