नीति तथा कार्यक्रमअघि क्याबिनेट बैठक, काँग्रेस बैठक पनि जारी
सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा क्याबिनेट बैठक बसेको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको अध्यक्षतामा मन्त्रीपरिषद् बैठक बसिरहेको छ ।
बैठकमा तीनै जना उपप्रधानमन्त्रीको उपस्थिति रहेको बताइन्छ । त्यसैगरी अधिकांशमन्त्री र मुख्य सचिव बैकुण्ठ अर्याल पनि बैठकमा सहभागी हुनुहुन्छ ।
आज दिउँसो बस्ने संसदको संयुक्त बैठकमा राष्ट्रपति रामचन्द्र पौडेलले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने कार्यसूची छ । संसद बैठक अवरुद्ध गर्दै आएको नेपाली काँग्रेसले आजको संयुक्त बैठकबारे संसदीय दलको बैठकमा आवश्यक निर्णय गर्न लागेको हो ।
काँग्रेस बैठक संसदीय दलको कार्यालय सिंहदरबारमा बसेको छ ।
टिप्पणीहरू