रविका सिइओले किन दिए राजीनामा ?

रविका सिइओले किन दिए राजीनामा ?

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति एवं उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेका सिइओ हेमन्त बरालले राजीनामा दिएको खबरलाई पुष्टि गरेका छन् । चितवन निर्वाचन क्षेत्र नम्बर २ स्थित रास्वपाको सम्पर्क कार्यालयमा कार्यरत उनले वैशाख १ गतेबाट लागू हुनेगरी चैत १ गते राजीनामा पत्र बुझाएका हुन् । 

उनले राजीनामा दिएसँगै अनेकौं शंका–उपशंका गर्न थालिएको थियो । सहकारी प्रकरण चर्किएपछि बरालले राजीनामा दिएको भन्दै सामाजिक सञ्जालमा बहस पनि चलेको हो । यता,उनले तलब नपाएर जागिर छोडेको समाचार पनि सार्वजनिक भएका छन् । हज्जारौं नेपालीलाई बिदेशबाट फर्काएर रोजगारी दिलाउने,ब्लु बस, ब्लु एम्बुलेन्स र स्वास्थ्य चौकी चलाउने,अरु दलको भन्दा फरक कार्यालय सन्चालनको नमूना देखाउने भन्दै दर्खास्त आह्वान गरेर बराललाई नियुक्ति दिइएको थियो ।तर,अहिले छोटै समयमा यी सबै प्रयोगले फेल खाएका छन् ।

काम सक्नेबित्तिकै राजीनामा दिन्छु भनेको थिएँ । नौ महिनामै काम सकिएपछि वैशाख १ गतेबाट लागू हुनेगरी चैत १ गते राजीनामा पत्र बुझाएँ ।’उनले यसो भने पनि नौ महिने कामका उपलब्धि भने केही बताउन सकेनन् ।

बरालका अनुसार रास्वपासँग उनको एक वर्षको सम्झौता थियो । नौ महिनामै दिइएको जिम्मेवारी सकाएकाले राजीनामा दिएको उनी बताउँछन् । भन्छन्,‘गत साउन १ देखि रास्वपासँग जोडिएको हुँ । मेरो कन्ट्रयाक्ट एक वर्षको थियो । मैले सम्झौताकै बखत काम सक्नेबित्तिकै राजीनामा दिन्छु भनेको थिएँ । नौ महिनामै काम सकिएपछि वैशाख १ गतेबाट लागू हुनेगरी चैत १ गते राजीनामा पत्र बुझाएँ ।’उनले यसो भने पनि नौ महिने कामका उपलब्धि भने केही बताउन सकेनन् ।

फिलिपिन्सबाट फर्किएर लामिछानेसँग जोडिएका उनी काठमाडौं बस्दै आएका छन् । ‘म मलेसिया बसेँ,फिलिपिन्स बसेँ । रास्वपाले चितवनमा कर्मचारी माग गरेपछि फिलिपिन्सबाट आएर त्यहाँ काम गरेको हुँ । छोरीको विद्यालय भर्ना गर्ने बेला भयो । काठमाडौं र चितवन गइरहन नभ्याइने भएकाले पनि सल्लाहबमोजिम नै छिट्टै काम सकाएर निस्किएको हुँ’,उनले भने । 

लामिछाने चितवन–२ बाट निर्वाचित भएका हुन् । आफ्नो मतदाताको गुनासो सुन्न र माग सम्बोधन गर्न उनले त्यहाँ सम्पर्क कार्यालय स्थापना गरेका थिए।

टिप्पणीहरू