गायक रवि थप पाँच दिन प्रहरी हिरासतमै

गायक रवि थप पाँच दिन प्रहरी हिरासतमै

-टेकसिंह धामी

नेपाल आइडल सिजन २ का विजेता गायक रवि ओडलाई थप पाँच दिन थुनामै राख्न अदालतले अनुमति दिएको छ । इलाका प्रहरी कार्यालय झलारीले वैवाहिक जबर्जस्ती करणी मुद्दामा पक्राउ परेका ओडमाथि दोस्रोपटक थप पाँच दिनका लागि म्याद थप गरेर अनुसन्धान अगाडि बढाएको छ । 

प्रहरीका अनुसार हिजो जिल्ला अदालत कञ्चनपुरबाट ओडमाथि अनुसन्धान गर्न पाँच दिन म्याद थप गरिएको हो । कञ्चनपुरको कृष्णपुर नगरपालिका स्थायी घर भएका ओड गत महिना इलाका प्रहरी कार्यालय झलारीमा आफैं उपस्थित भएका थिए । 

उनीमाथि घरभित्रै आफ्नै पत्नीमाथि बलात्कार गरेको आरोप लागेको हो । उनकी पत्नीले जबर्जस्ति करणीको कसुरमा गत वर्षको २० चैतमा उजुरी दिएकी थिइन् । 

त्यसपछि गत महिनाको अन्तिमतिर प्रहरीकोमा पुगेका ओडविरुद्ध पहिलोपटक जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गरेर अनुसन्धान थालिएको थियो । ओड अहिले इलाका प्रहरी कार्यालय झलारीको हिरासतमा छन् ।

टिप्पणीहरू